यौन पुतली (Sex Doll) - Tips And Tricks Zone

यौन पुतली (Sex Doll)

Share This


प्रेम हुनलाई दुई प्राणीको भावना मिल्नुपर्छ भन्ने जुन मान्यता थियो त्यसमा परिवर्तन आउन थालेको मानिसले अहिले मानिसलाई नै सबैभन्दा भावना नमिल्ने प्राणी मान्न थालिसकेको प्रविधिमा भएको विकासले अहिले धेरैको ध्यान यौन पुतली अर्थात् सेक्स डलतर्फ केन्द्रित हुँदै गएको

यौन पुतलीले धेरैलाई आकर्षित गरिरहेको एकपछि अर्को गर्दै यस्ता पुतली परिष्कृत भएका कारण मानिसहरूको आकर्षण बढेको मानिन्छ सेक्स डल निर्माताहरूले पनि महिला पुरुष दुवैलाई आकर्षित गर्ने खालका यौन पुतली निर्माण गर्न थालेपछि यसप्रतिको आकर्षण विश्वसनियता ह्वात्तै बढेको हो यस्ता पुतलीलाई लिएर जर्मनीमा गरिएको ताजा सर्वेक्षणमा प्रत्येक मध्ये एक पुरुषले यस्तो खेलौना आफूसँग राख्न चाहेको कुरा बताए भने २० मध्ये एक पुरुषले आफू यौन पुतलीको मायामा परेको बताए अझ आधा जसो जर्मनले यौन साथीका रूपमा यौन पुतलीलाई आफूसँगै राख्दा कुनै अप्ठ्यारो नहुने बताए भने २० प्रतिशतले एउटा यौन पुतली किनेर राख्ने सोंचनै बनाएको बताए




यौन पुतलीमा पुरुषहरूको आकर्षण बढ्नुको मुख्य कारण यस्ता पुतली बढी ग्ल्यामरस हुनु चाहेजस्तो सेवासुविधा लिन सकिनु नै हो निर्माताहरू अहिले महिलाहरूलाई आकर्षित गर्ने पुतलीको विकासमा समेत क्रियाशील छन् अहिले निर्माताहरू महिलाहरूको आकर्षण रहने पुरुषको भूमिका निर्वाह गर्ने यौन पुतली तयार गर्ने योजना बनाइरहेका छन् महिलाहरूलाई आकर्षित गर्न क्यानेडियन गायक जस्टिन बिबरजस्तै देखिने पुरुष यौन पुतली निर्माण हुँदा थुप्रै महिलाले अनलाइनमा त्यसको बुकिङ गरेका थिए 

यौन पुतली निर्माताहरू यसप्रति आकर्षण बढाउन अनुसन्धानमै करोडौं डलर खर्च गरिरहेका छन् कुनै समय हावा भर्नुपर्ने यौन पुतली अहिले निकै परिष्कृत भएका छन् युरोपियन तथा जापानीहरू यसको अनुसन्धानमा बढी नै सक्रिय छन् युरोपका यौन पुतली निर्माता सर्गी सान्टोसले हालसालै सामन्था नामक यौन पुतली निर्माण गरे उनले उक्त पुतलीको निर्माण यसरी गरे कि उनी नै त्यसको मायामै परे उक्त पुतलीका विषयमा बीबीसीले एउटा डकुमेन्ट्री नै निर्माण गरेको थियो, जसमा एक व्यक्तिले आफूलाई यौन चाहना भएको बताएपछि उक्त पुतलीले जीवित युवतीले जस्तै पहिले प्रस्ताव अस्वीकार गरेर पनि शारीरिक सम्बन्ध राख्न उक्साउँछ शरीरका अंगहरूमा छुँदा वास्तविक महिलाकै जस्तो आनन्द आएको आवाज निकाल्ने,स्तनमा छुँदा इन्कार गरेजस्तो गर्ने, हात मुर्सादा आनन्द आएको कुरा बताउने जस्ता गतिविधि पनि उक्त यौन पुतलीले देखाउँछ उक्त पुतली मानिसको जस्तै लामो समय पाकक्रिडा गरेपछि मात्र यौनमा थप आनन्द दिने किसिमको यस्तो पुतली तयार भएपछि सर्गीले उक्त पुतलीसँगै आफ्नो माया बसेको कुरा बताएका थिए 



युरोपको कुरा छोडौं एसियातर्फ फर्कौं अनि दुई सन्तानका जापानी पिता सेन्जी नाकाजिमालाई नै हेरौं श्रीमती कामका लागि लामो समय बाहिर गएपछि सेन्जी यौन पुतलीतर्फ आकर्षित भए त्यो आकर्षण यति झांगियो कि सेन्जी उक्त युवतीसँगै सुत्नुका साथै उनलाई नुहाई दिने, बजारमा किनमेल गर्न लाने, पार्कमा घुमाउने सम्म गर्न थाले सेन्जीका अनुसार साओरी नामक उक्त पुतलीसँग भएको शारीरिक सम्बन्धपछि उनीहरूको प्रेम प्रगाढ भएको हो अहिले सेन्जीलाई सबैभन्दा बढी माया साओरीकै लाग्छ 

यौन पुतलीकै कारण अहिले यूरोपको सामाजिक व्यवहारमा समेत व्यापक परिवर्तन आउन थालेको स्पेनको बार्सिलोनामा पहिलो पटक पुतलीको यौनशाला संचालनमा आएपछि अहिले अन्य देशमा पनि यस्ता यौनशाला स्थापना हुन थालेका छन् पहिलो पटक स्थापना हुँदा नौलो मानिएको कृत्रिम यौनशालामा अहिले पुरुषहरू आफ्ना प्रेमिका छाडेर समेत पुग्न थालेका छन् 

बार्सिलोनामा पहिलो पटक संचालनमा आउँदा अनौठो मानिएको यस्ता यौनशालाको यात्रा अहिले अष्ट्रिया, जर्मनी, नेदरल्यान्ड, इंग्ल्यान्ड हुँदै फ्रान्ससम्म पुगेको अहिले युरोपमा माया साट्न चाहनेहरूको प्रमुख गन्तव्य हुन थालेको कृत्रिम यौनशाला यस्ता यौनशालाले त्यही यौन आनन्द लिने वा घरमै लान सकिने दुवै किसिमको सुविधा उपलब्ध गराउँछन्

युरोपमा यस्ता पुतलीप्रति बढेको आकर्षणले गर्दा यौनकर्मीहरूलाई पनि आफ्नो पेशा जोगाउन हम्मेहम्मे हुन थालेको उता यस्ता पुतलीका निर्माताहरू सुविधामाथि सुविधा थप्दै अघि बढिरहेका छन्, जसले गर्दा पुरुषहरूले आफू मानिससँग छु कि पुतलीसँग छु भन्ने कुरा समेत बिर्सन थालेका छन् यसको उदाहरणका रूपमा जापानमा निर्माण भएको एउटा पुतलीलाई लिन सकिन्छ जापानमा निर्माण भएको इरिका नामक उक्त पुतली हेर्दा कुनै जापानी युवतीजस्ती मात्र देखिन्नन्, उनको बोली यति स्पष्ट कि उनको शब्द उच्चारण मानिसको भन्दा राम्रो उक्त खेलौनामा जडान गरिएको सेन्सरका कारण आफूलाई कुन क्यामेराले खिचिरहेको भन्ने कुरा थाहा पाएर इरिना त्यतैतिर हेर्छिन् उनलाई समाचार वाचिकाका रूपमा जापानको टेलिभिजनले आगामी मार्च महिनादेखि प्रस्तुत गर्ने भएको सबै कुराको परिक्षण भैसकेको इरिकाको आगमनपछि त्यहाँका टेलिभिजन समाचारवाचिकाहरूलाई बिदाइ गर्ने सोचसमेत बनाइएको यदि भविष्यमा यसरी नै यस्ता पुतलीप्रतिको क्रेज बढ्दै जाने हो भने मानवनिर्मित यौनशाला बन्द हुन्छन् नै मानिसको प्रेम गर्ने भावनामा समेत आमूल परिवर्तन आउने देखिन्छ अनि टेलिभिजन एंकरहरूको जागिर पनि चैट हुनेछ



यौन पुतलीको इतिहास
११ औं तथा १२ औं शताब्दीमा इंग्ल्यान्ड आयरल्यान्डमा निर्माण गरिएका चर्चहरूमा मार्बलवाट बनेका निर्वस्त्र महिलाहरूको मूर्ति राखिन्थ्यो यसरी निर्वस्त्र महिलाको मूर्ति राख्दा दुष्ट आत्माले दु: दिँदैनन् भन्ने मान्यता थियो 

१५ औं शताब्दीमा स्पेनिस तथा फ्रेन्चहरू विभिन्न देशको खोजीमा पानीजहाजको यात्रा गर्दा साथमा त्यतिबेला आधुनिक मानिने सेक्स डल साथै लान्थे डामा डी भोयज भनिने ती सेक्स डल कपडालाई सिलाएर बनाइएको हुन्थ्यो पानीजहाजका चालकलाई लामो यात्रामा दिक्क नलागोस् भनेर यस्ता पुतली निर्माण गरिन्थ्यो 

सन् १९३० मा जर्मन तथा जापानीहरूले लामो यात्रामा जाने व्यक्तिहरूलाई लक्षित गरेर यौन पुतलीलाई अझ परिष्कृत रूपमा निर्माण गर्न थाले 

सन् १९४१ मा जर्मनीको नाजी सरकारले लडाइँमा जाने आफ्ना सैनिकहरूका लागि यौन पुतलीको निर्माणमा व्यापकता ल्याएको थियो त्यति बेलाका यौन पुतली ठूलो ओठ तथा स्तन, नीलो आँखा खैरो कपाल भएका हुन्थे यो कामलाई नाजीहरूले परियोजनाकै रूपमा अघि बढाएका थिए, जसको नाम उनीहरूलेमोर सेक्रेट द्यान टप सेक्रेटराखेका थिए 

सन् १९८० मा ब्रिटिस कम्पनी सेक्स अब्जेक्ट लिमिटेडले रोबोटजस्तै सेक्स डल निर्माण गरेको थियो ३६ सी नामाकरण गरिएको उक्त पुतलीमा १६ बिटको माइक्रो प्रोसेसर जडान गरिएको थियो, जसका कारण केही शब्द बोल्न तथा शरीरका केही अंगमा छँुदा सोही अनुसारको आवाज निकाल्न सक्षम थियो 

गिनेथ जोन्सले लेखेको उपन्यास डिभाइन इन्डुरेन्सबाट प्रभावित भएर सन् १९८५ मा गिनोइड सेक्स डलको निर्माण भयो यो सेक्स डलको आकृति साँच्चिकै महिलाको जस्तो थियो 

सन् २०१० मा ट्रु कम्पनीले पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्दै पहिलो सेक्स डल रोक्सीको निर्माण गरेको थियो उक्त पुतलीले आफ्नो मालिकको चाहनाअनुसार काम गथ्र्यो 




अब भाले पुतली पनि

यौनपुतलीको प्रयोग केवल पुरुषहरूलाई मात्र लक्षित गरेर निर्माण हुने गरेको थियो महिलाहरूले भने विभिन्न यौन उपकरणमै चित्त बुझाउनुपर्ने अवस्था थियो यद्यपि अहिले महिलाहरूले पनि प्रयोग गर्न मिल्नेभाले पुतलीको निर्माण तथा त्यसलाई परिष्कृत गर्ने काम हुन थालेको  

क्यालिफोर्नियास्थित रियलबुटिक्स कम्पनीले महिला प्रयोगकर्ताहरूलाई लक्षित गरेर आकर्षक पुरुषको आकृतिमा आर्टिफिसियल एन्टेलिजेन्स प्रयोग गरेर भाले पुतली निर्माण गरिरहेको कम्पनीले अहिले फिट अग्लो, सिक्स प्याकको गहँुगोरो वर्णको हेनरीको निर्माण गरेको बोलाउँदा बोल्ने हेनरीको निर्माण महिलाहरूलाई मन पर्ने कुरा समावेश गरेर गरिएको यसले मालिक्नि घरमा आउँदा स्वागत गर्छ, मालिक्नीलाई मन पर्ने टेलिभिजन कार्यक्रमका बारेमा कुराकानी गर्छ, जोक्स भन्छ, रोमान्टिक टुक्का तथा कविताहरू ब्रिटिस टोनमा भनेर मोहित तुल्याउँछ 

सिलिकनबाट बनेको हेनरीले प्रयोगकर्ताको चाहनाअनुसार सेवा प्रदान गर्छ ११ लाख ६० हजारदेखि १५ लाख ९५ हजार रुपैयाँ पर्ने हेनरीले एक्लै भएको महसुस गर्ने महिलालाई कुनै किसिमको अभाव हुन नदिने कम्पनीका सिइओ म्याट म्याकुलमले बताए 




सेयर गर्लफ्रेन्ड 

यौन पुतलीको लहर अहिले तीव्र रूपमा विकसित भैरहेका देश तथा तिनका नयाँ सहरहरूमा देखिन थालेको कामको तनावले गर्दा विवाहलाई झन्झटिलो मान्नेहरूको आकर्षण सेक्स डलतर्फ बढेको पाइन्छ चीनमा कामको तनावले आफूलाई एक्लो महसुस गर्ने पुरुषहरूलाई लक्षित गरेर सेक्स डल निर्माता कम्पनी टचलेसेयर गर्ल फ्रेन्ड सर्भिससञ्चालनमा ल्यायो उक्त कम्पनीले चीनका लाखौं अविवाहित पुरुष तथा लैंगिक असमानताका कारण विवाह हुन नसकेका व्यक्तिहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको



कम्पनीले मोबाइल एपमार्फत पुतली बुकिङ गरेर आफ्नो घरमै त्यसको डेलीभरी पाइने व्यवस्था मिलाएको थियो एपमार्फत नै प्रयोगकर्ताले आफूले चाहेको पुतलीको छनौटदेखि पुतलीले लगाउने पहिरन, हेयरस्टाइल तथा पुतलीसँग आउने अरू सामग्रीहरू समेत छान्न पाउँछन् यसरी बुकिङ गर्दा प्रयोगकर्ताले करिब हजार रुपैयाँ तिर्नुपर्छ भने लाख ३६ हजार रुपैयाँ धरौटी राख्नुपर्छ यदि कसैले उक्त पुतली नष्ट गरे वा कुनै अंग बिगारे सोहीअनुसार घरौटी रकम कट्टा गरिन्छ

छुँदा यस विभिन्न किसिमको आवाज निकाल्ने हुनाले यो पुतलीले प्रयोगकर्तालाई साँच्चिकै युवतीसँग रहेको आभास दिन्छ एक अनुमानअनुसार विश्वमा निर्माण हुने यौन पुतलीमध्ये ८० प्रतिशत पुतलीको निर्माण चीनमा हुन्छ चीनमा यौन पुतली निर्माण गर्ने काममा मात्र १० लाख मानिसले रोजगारी पाएका छन् यद्यपि चीन सरकारले भने आफ्नो देशमा यौन पुतलीको सेवामाथि प्रतिबन्ध लगाएको


No comments:

Post a Comment