हामी मुलबासी खम्बुवान किराती - Tips And Tricks Zone

हामी मुलबासी खम्बुवान किराती

Share This

किराँत राई हरुको गित संगीत र नाच ।।

१ , रिसिया : मानव बिकाश को क्रम संगै किराती हरु ले समाजलाई अनुशासित बनाउदै लैजाँदा केहि नियम , कानुन
मुन्दुमको निर्माण गरे त्यहि मुन्दुम लयत्मक ढंगले बाचन गर्ने 
सैली हो ,रिसिया ।

२,होक्छामा : यो ज्यादै पुरानो लय हो । यो लय गाएर पानी पर्ने 
रुखको पात झार्ने र फुल फुलाउने जस्ता ज्यादै चमत्कार पुर्ण
रहस्यात्मक कार्य गरिन्थेउ । जस भित्र किराँत साहित्य र संगीत 
को प्रवल प्रभाब रहन्थ्यो ।

३ , दोलोकोम्मादो : यो गित साकेला नाच्दै हिड्दा बाटो र साकेला थान वरिपरी फुल्न लागेको फुल हरुको कोपिला 
फुलेर पनि ओईली सकेउ र अब घर फर्किनु पर्छ भन्ने शब्द बोकेको गित र भाका हो ।



४, हाक्पारे: यो गित को लय ज्यादै पुरोनो हो । यो लय मा 
पुरोनो कथा किराँत दर्शन , साहित्या र प्राकृतिक वर्णन पाईन्छ
साथै मनमा भावना हरु र जीवन यापनका पक्षहरुको बर्णन पनि पाईन्छ ।

५, यारी-हियारी यो गित बिवहा को बेला केटा र केटी दुबै पक्षबिच सवाल र जवाफ (जुहारी) शैली मा गाईने गित हो 
यो गित सुङखिम ( जन्ती पाहुना राख्ने अस्थाय वा नया घर
गाईने गरिन्छ । पाहुना बिदा गर्ने बेलामा पनि गाउने गरिन्छ ।

६, साईमा छाम्: यो गित खास गरी नारी जातीले जन्म र मृत्यु बिच जीबन मा भोगेको बिभिन्न पक्षहरुको ब्याख्या बिश्लेषर्ण 
वर्णन गरिएको पाईन्छ ।


७, साकेला: साकेवा , साक्ले,तोषी, भुमी पुजा, पर्यायवाची 
नाम ले चिनिने साकेला नाच किराँत राई हरुको प्रमुख लोक 
नाच हो । यसका बिभिन्न नाच्न शैलिहरु रहेका छन । जसलाई
सिलि भनिन्छ । गित संगित र नाँच संग संगै गरिने भएको ले
यो पुर्ण सांगितिक र सास्कृतिक नाच हो । जसमा धेरै प्रकार का 
सिलि हरु नाचिने गरिन्छ । जस्तै,,,

(१) तोयामा खियामा सिली ( कपास छरेदेखि कपडा बुनेर ओडेसम्म ।
(२) चासुम सिली ( अन्न बालीको बिउ छर्ने देखि भित्राउने सम्म)
(३) बोखामा सिली(पृथ्बी लाई ढोक्ने सिली )
(४) कोकोले सिली ( छेपारो को अनुकरण )
(५) खासिमा सिली ( झिंगाको अनुकरण )
(६) फुईपा सिली ( बादरको अनुकरण )
(७) वापा वाम्मा सिली (कुखुरा को भाले , पोथीको अनुकरण)
(८) क्रावा सिली ( गंगटो को अनुकरण )
(९) कुप्पामा सिली (उपिया को अनुकरण ईत्यादि सिलिहरु 
रहेका छन । किरात राई हरु पितृ र प्राकृती पुजक भएका हुनाले पितृ र प्राकृतिकै सेरो फेरो मा रहेर जन्म देखि लिएर मृत्यु सम्म का जीवन को भोगाई हरु बाट बिभिन्न सिलिहरु 
उत्पति भएको छ । जसले किराँत राई हरु जीवन भरी समाजमा रहँदा के- के गर्छन , कस्तो खान्छन ,र क कस्लाई पुज्छन् पुकार्छन ,यी सबैको बर्णन गित मा हुन्छ भने नाच मा 
पनि यी सबै हाउभाउ प्रदर्शन गरिन्छ ।

८, अन्य नाच गित हरु : रिसिया ,लौलौके भाका झ्यौरे ,चुट्के,
ख्याउली भाका , दम्के गित,लय इत्यदी ।।

No comments:

Post a Comment